विश्वकप क्रिकेट लिग-२ : क्यानडासँग भिड्दै नेपाली टोली

हिमाल प्रेस ३१ भदौ २०८१ ६:५६ | Monday, September 16, 2024
विश्वकप क्रिकेट लिग-२ : क्यानडासँग भिड्दै नेपाली टोली

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग २ कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो।

लिग-२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई कमजोरी दोहोर्‍याउनुपर्ने सुधार्नुपर्ने हुन्छ। फेब्रुअरी अन्तिम साता घरेलु सिरिजमा ४ मध्ये ३ खेल गुमाएको नेपाललाई यस पटक भने त्यो गल्ती दोहोर्‍याएको थियो।

लिग-२ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। टी-२० विश्वकपपछि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले यसै सिरिजका लागि भारतको बैगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो।

त्यसपछि थप तयारीका लागि श्रीलंका पुगेको नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन अभ्यास खेल खेल्ने तालिका थियो। तर वर्षाका कारण सुरुवाती दुई खेल हुन नसक्दा तेस्रो खेलमा नेपाल पराजित भएको थियो। प्रशिक्षक मोन्टी देशाइले टिमको बिदाइमा नेपालको तयारी राम्रो रहेको र राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका थिए।

नेपाल र क्यानडाले हालसम्म एक अर्काविरुद्ध ३ ओडीआई खेल खेलेका छन्। जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ।

क्यानडा भ्रमणमा क्रममा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। एसोसिएट टोली मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि जित्नु आवश्यक छ।

किंग सिटीमा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने छ।

प्रकाशित: ३१ भदौ २०८१ ६:५६ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast