विभेद रोक्न माग गर्दै निगमका ‘क्याबिन क्रु’ को प्रदर्शन

हिमाल प्रेस १४ असोज २०८१ १३:५६ | Monday, September 30, 2024
विभेद रोक्न माग गर्दै निगमका ‘क्याबिन क्रु’ को प्रदर्शन

काठमाडौँ- नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’ हरूले अन्याय र विभेद भएको भन्दै व्यवस्थापनविरुद्ध विरोध प्रदर्शन गरेका छन्। वर्षौंदेखि कार्यरत ‘क्याबिन क्रु’ हरूले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन्।

करिब ५० जनाले सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरेका थिए। उनीहरूले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैनजस्ता नारा लेखेका प्लाकार्ड सहित विरोध गरेका छन्।

सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबिच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव गरिएको उनीहरूको भनाइ छ।

सर्वोच्चमा समेत यो विषय विचाराधीन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारबाही थालेको उनीहरूले बताएका छन्। निगमका १७२ जना क्याबिन क्रु अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्च पुगेका थिए। उनीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटेर भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित: १४ असोज २०८१ १३:५६ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast