विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

हिमाल प्रेस २७ भदौ २०८१ ७:२६ | Thursday, September 12, 2024
विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

पर्वत- जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ। आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो।

जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए।

जलजला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख गणेश मल्लले पालिकाक्षेत्रका ९ वटा वडाका ९० वटा टोलमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन भएका बताए।

स्वास्थ्य परीक्षण उनीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिनेछ। आर्थिक रूपमा अक्षम र सहाराविहीन यो कार्यक्रमबाट लाभान्वित हुने उनले बताए।

प्रकाशित: २७ भदौ २०८१ ७:२६ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast