 
                             
                                            काठमाडाैँ- सूर्यबहादुर तामाङकाे अध्यक्षतामा नेपाल विद्यालय कर्मचारी परिषद् रसुवा कार्यसमिति गठन भएकाे छ।
शनिबार परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्य तथा रामशरण फुयाँलकाे विशेष आतिथ्यतामा आयाेजित कार्यक्रममा कार्यसमिति गठन गरिएकाे हाे।
उक्त भेलामा नेपाल शिक्षक महासंघका रसुवा अध्यक्ष बसन्त पौडेल, नेपाल शिक्षक संघका सचिव केशव रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष नवराज घिमिरे, अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य केशव पौडेल र अखिल नेपाल शिक्षक संगठनका जिल्ला ईन्चार्ज गुणराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

भेलाले देशभरका विद्यालय कर्मचारी एकजुट भएर पेसागत अधिकारका लागि लड्नुपर्ने निष्कर्ष निकालेकाे छ। परिषद् अध्यक्ष गंगाराम तिवारीले अधिकारकाे लडाइँमा सबै विद्यालय कर्मचारीले साथ दिनुपर्ने बताउँदै कर्मचारी परिषद् र सरकारबीच भएकाे सहमति कार्यान्वयनका लागि दबाब दिने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 