विद्यालयमा राजनीतिक दलका गतिविधि,पठनपाठन ठप्प!

हिमाल प्रेस ३१ भदौ २०८१ १२:३१ | Monday, September 16, 2024
विद्यालयमा राजनीतिक दलका गतिविधि,पठनपाठन ठप्प!

काठमाडौँ-  शिक्षा विकास तथा समन्वय एकाइ बाराले विद्यालयमा राजनीतिक दल वा तिनका भातृ संगठनका गतिविधिले पठनपाठनमा असर पुगेको भन्दै ध्यानाकर्ष गराएको छ।

एकाइले आइतबार सबै स्थानीय तह र विद्यालयलाई  ध्यानाकर्षण पत्र पठाएको छ।

पत्रमा भनिएको छ,‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा कुनै पनि विद्यालयमा राजनीतिक दल वा तिनका भातृ संगठनका गतिविधि गर्न नहुने व्यवस्था रहेकोमा यस जिल्लाका केही विद्यालयमा राजनीतिक दलका र तिनका भातृ संगठनका गतिविधि भई बालबालिकाको पठनपाठनमा प्रतिकूल प्रभाव परेको भन्ने जानकारी प्राप्त भएकोले आगामी दिनमा यस्ता गतिविधि गर्न गराउन नदिन सम्बन्धित सबैमा सचेत गराउनु हुनका साथै यस्ता गतिविधि विद्यालयमा भए,गरेको पाइएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकर शिक्षकलाई आवश्यक कारबाही गरिने व्यहोरासमेत जानकारीका लागि सम्बन्धित सबैमा ध्यानाकर्षण गरिएको व्यहोरा अनुरोध छ।’

प्रकाशित: ३१ भदौ २०८१ १२:३१ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast