वामदेव गौतम भन्छन् : कम्युनिस्ट एकता गर्न मबाहेक अरूले सक्दैन

हिमाल प्रेस ४ असोज २०८१ ६:०५ | Friday, September 20, 2024
वामदेव गौतम भन्छन् : कम्युनिस्ट एकता गर्न मबाहेक अरूले सक्दैन वामदेव गौतम। फाइल तस्बिर

काठमाडौँ- नेता वामदेव गौतमले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्न आफूले मात्र सक्ने दाबी गरेका छन्।

कार्ल विक्रम थापाको ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बिहीबार गौतमले नेपालमा कम्युनिस्ट एकता आफूले मात्रै गर्न सक्ने दाबी गरेका हुन्।

कार्यक्रममा उनले भने, ‘मैले संकल्प गरेको कम्युनिस्ट पार्टीहरूको एकीकरण। मेरो जीवनमा फेरि त्यो स्थिति ल्याउन सकेँ भने म मर्दामर्दै अधमरा भएको बेलामा पनि कसैले सुनाए भने म हाँस्ने छु। खुसी हुनेछु।’

राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले कम्युनिस्ट पार्टीका नेताहरू एकआपसमा शत्रूवत् व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत् सम्बन्ध रहेको बताए। उनले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताए।

‘अहिलेको परिस्थितिमा म नलागिकन अरूले भूमिका खेल्न सक्नुहुन्न। परिस्थिति त्यस्तो भएको छ। किनकि उहाँहरू शत्रूगत व्यवहारमा हुनुहुन्छ, म कसैसँग पनि शत्रूवत् होइन, मित्रता नै राखिराखेको छु,’गौतमले भने।

प्रकाशित: ४ असोज २०८१ ६:०५ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast