लेटाङ नगरपालिकाले माग्याे एक ईसीडी शिक्षक,तलब पाँच हजार

हिमाल प्रेस २० भदौ २०८१ ११:३६
लेटाङ नगरपालिकाले माग्याे एक ईसीडी शिक्षक,तलब पाँच हजार

काठमाडाैँ- माेरङकाे लेटाङ नगरपालिकाले श्री ज्ञान ज्योति बालविकास केन्द्रका लागि निजी स्राेतमा एकजना बालविकास सहजकर्ता माग गरेकाे छ।

नगरपालिकाले शिक्षा विषय लिई कक्षा १२ उत्तीर्ण भएकाे र १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेका व्यक्तिले भदाै ३१ गते दिनको १ बजेसम्मख आवेदन दिनुपर्ने सूचना उल्लेख गरेकाे छ।

परीक्षाको किसिम  लिखित, अन्तर्वार्ता हुनेछ। प्रतियोगी पाँच जनाभन्दा बढी भएमा सर्टलिस्ट बनाइने छनौट समितिका सदस्य सचिव नारायण खतिवडाले जानकारी दिए।  परीक्षा स. का. छनौटको पाठ्यक्रम अनुसार हुनेछ।

परीक्षा लेटाङ नगरपालिकाको कार्यालय हुनेछ। परीक्षा मिति भने तय भइनसकेकाे सूचनामा उल्लेख छ।

तलब  पाँच हजार रुपैयाँ हुनेछ। परीक्षा दस्तुर पाँच सय रुपैपाँ ताेकिएकाे छ। निवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपी चाहिने छ।

प्रकाशित: २० भदौ २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast