लुम्बिनीका वनमन्त्रीको राजीनामा स्वीकृत

हिमाल प्रेस २६ भदौ २०८१ १३:४९ | Wednesday, September 11, 2024
लुम्बिनीका वनमन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी- लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्। बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए।

मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए। आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

प्रकाशित: २६ भदौ २०८१ १३:४९ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast