काठमाडौँ- लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण गरी बेपत्ता बनाएको आरोप लागेका कुर्मीले आज (मंगलबार) राजीनामा दिएका हुन्। उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझएका छन्।
कुर्मी साउन ९ गते मन्त्री बनेका थिए। गम्भीर आरोप लागेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएको थियो।
प्रकाशित: २५ भदौ २०८१ १९:०२ | Tuesday, September 10, 2024
प्रतिक्रिया





