लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ

हिमाल प्रेस ४ असोज २०८१ १३:०५ | Friday, September 20, 2024
लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ। लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको हो।

ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा ब्युरोको टोलीले गोदममै छापा हानेर बिक्रीमा संलग्नलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई ब्युरोको टोलीले शुक्रबार २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: ४ असोज २०८१ १३:०५ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast