रुख काट्ने क्रममा च्यापिएर तनहुँमा एक जनाको मृत्यु

हिमाल प्रेस २७ भदौ २०८१ १८:४० | Thursday, September 12, 2024
रुख काट्ने क्रममा च्यापिएर तनहुँमा एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

तनहुँ- तनहुँको भिमाद नगरपालिका-६ र‌ंगशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज (बिहीबार) एक वृद्धको मृत्यु भएको छ। सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।

प्रकाशित: २७ भदौ २०८१ १८:४० | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast