रास्वपाले भन्यो : उपसभामुखलाई हटाएर लोकतन्त्र मार्न खोज्दैछन्

हिमाल प्रेस २५ भदौ २०८१ १३:४१ | Tuesday, September 10, 2024
रास्वपाले भन्यो : उपसभामुखलाई हटाएर लोकतन्त्र मार्न खोज्दैछन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाविरुद्ध ‘महाभियोग लगाउने सत्तारूढ दलको तयारी’प्रति आपत्ति जनाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दलहरूले सल्लाह गरेर लोकतन्त्र मार्न लागेको आरोप लगाए।

उनले उपसभामुखलाई महाभियोग लगाउने तयारी रहेकोबारे मिडियाबाट जानकारी आएको सुनाए। ‘यो राज्य पनि अब लोकतन्त्रमाथि आक्रमण गर्दै छ,’ उनले भने, ‘माननीय उपसभामुखविरुद्ध महाभियोग लगाउने जस्तो कुरा राजनीतिक पार्टी बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन।’

उनले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउनकै लागि त्यस्तो नगर्न चेतावनी दिए। उनले रास्वपा सधैँ लड्ने पनि बताए। ‘एक वर्ष वा दुइ वर्ष तपाईंले जित्नुहोला। स्मरण रहोस्, तपाईंहरू आफैँले खनेको खाल्डोमा तपाईंहरू पर्नुहुने छ स्मरण रहोस्। के नेपाली लोकतन्त्र यति कमजोर हो ? मिडियाबाट लोकतन्त्रको हुर्मत लिने हो ?,’ उनले सोधे।

संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौमसत्ता अघि कोही पनि नटिक्ने भनाइ उनको छ।

प्रकाशित: २५ भदौ २०८१ १३:४१ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast