रास्वपाको महाधिवेशन आगामी वैशाख २५ मा

हिमाल प्रेस १३ असोज २०८१ १६:१५ | Sunday, September 29, 2024
रास्वपाको महाधिवेशन आगामी वैशाख २५ मा रास्वपा कार्यवहाक प्रवक्ता मनीष झा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन वैशाखमा चितवनमा हुने भएको छ। आगामी वैशाख २५ देखि २७ गतेसम्म रास्वपाको महाधिवेशन हुने भएको हो।

आइतबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले आगामी वैशाख २५ देखि २७ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

प्राकृतिक विपद्का कारण सडकमार्ग अवरूद्ध भएपछि हवाई भाडा वृद्धि गरिएकोप्रति रास्वपाले आपत्ति जनाएको छ। वृद्धि गरिएको हवाई भाडा तत्काल फिर्ता गर्न उसले माग गरेको छ।

‘हवाई भाडा अनेपक्षित रूपमा बढाइएको छ, तत्काल फिर्ता लिन हाम्रो माग हो,’ प्रवक्ता झाले भने।

बाढीपहिरोका कारण सडकमार्ग अवरूद्ध भएपछि कालोबजारीको सम्भवाना बढेको भन्दै उनले त्यसतर्फ चनाखो हुन सरकार र स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराए।

कालोबजारी नियन्त्रणका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर पार्टी संयन्त्र परिचालन गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता झाले बताए।

प्रकाशित: १३ असोज २०८१ १६:१५ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast