रास्वपाका नेता/कार्यकर्ता पार्टी कार्यालय जम्मा हुन थाले

हिमाल प्रेस ६ असोज २०८१ १९:४६ | Sunday, September 22, 2024
रास्वपाका नेता/कार्यकर्ता पार्टी कार्यालय जम्मा हुन थाले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता कार्यकर्तालाई केन्द्रीय कार्यालय बनस्थलीमा जम्मा हुन थालेका छन्।  अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड जम्मा भइसकेको छ।

नेता कार्यकर्तालाई पार्टी कार्यालयमा तत्काल जम्मा हुन पार्टीका बागमती प्रदेश सभापति डा.अच्युतम लामिछानेले मोबाइमाल म्यासेज पठाएको एक केन्द्रीय सदस्यले हिमालप्रेसलाई जानकारी दिए।

‘काठमाडौँ उपत्यकामा उपलब्ध नेता कार्यकर्तालाई कार्यालयमा आउन सर्कुलर जारी भएको छ,’ उनले भने, ‘अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड जम्मा हुन थालिसको छ।

आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएलगत्तै सभापति रवि लामिछाने पनि पक्राउ पर्नसक्ने आशंकासहित रास्वपा छलफलमा जुट्न लागेको हो।

रास्वपाको कार्यालय परिसरमा अहिले प्रहरी पनि तैनाथ छन्।

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न प्रहरीलाई गृह निर्देशन

प्रकाशित: ६ असोज २०८१ १९:४६ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast