राष्ट्रियसभा बैठक बस्दै

हिमाल प्रेस ३१ भदौ २०८१ ९:४३ | Monday, September 16, 2024
राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्नेछ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यसैगरी सभाका अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम (३) बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ३१ भदौ २०८१ ९:४३ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast