 राष्ट्रियसभा बैठक। फाइल तस्बिर
                             राष्ट्रियसभा बैठक। फाइल तस्बिर
                                            काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यक्रम छ।
खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
                            प्रकाशित: १८ भदौ  २०८१ ७:३५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 