राप्रपा नेतृ ओलीले देशव्यापी युवा संवाद यात्रा सुरू गर्ने

हिमाल प्रेस ४ असोज २०८१ १३:०० | Friday, September 20, 2024
राप्रपा नेतृ ओलीले देशव्यापी युवा संवाद यात्रा सुरू गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले देशव्यापी युवा संवाद सुरू गर्ने भएकी छन्। सुदूरपश्चिमबाट सो यात्रा सुरू गर्ने र सातै प्रदेशमा पुग्ने आफ्नो योजना रहेको ओलीले जानकारी दिएकी छन्। पहिलो चरणमा उनी सुदुपश्चिमका ९ वटै जिल्ला घुम्ने र स्थानीयसँग अन्तरक्रिया गर्ने योजना रहेको बताएकी छन्।

उनले भनेकी छन्, ‘आजको सबैभन्दा ठूलो चुनौती भनेको यहाँको जनसंख्यालाई सकेसम्म विदेश जानबाट रोक्नु र सकेसम्म युवा पलायन रोक्नु, उनीहरू आशाको किरण देखाउनु र उनीहरूलाई देशमा नै राख्नु हो।’

एउटा जिम्मेवार नागरिक र राजनीतिक दलको नेताको हैसियतमा देशले अहिले भोगेका समस्याहरू समाधान गर्न पहल गर्नु दायित्व भएको बताइन्। उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी एक जिम्मेवार नेता एवं केन्द्रीय सदस्य भए पनि यो यात्रालाई सबै राजनीतिक दलहका युवा र कार्यकताहरूलाई जोड्ने योजना गरेको बताइन्।

यो यात्रामा विशुद्ध राजनीति भन्दा पनि समाजमा रहेका समस्याहरू पहिल्याउने र त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान आकृष्ट गर्ने नै भएको उनको बुझाइ छ।

प्रकाशित: ४ असोज २०८१ १३:०० | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast