राजदूत सिफारिस भट्टराईले शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि नाम फिर्ता लिए

हिमाल प्रेस ८ असोज २०८१ १५:१७ | Tuesday, September 24, 2024
राजदूत सिफारिस भट्टराईले शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि नाम फिर्ता लिए

काठमाडौँ- श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइका क्रममा शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि समितिले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो।

दुईपटकसम्म समितिको बैठक स्थगित गरेर प्रमाणपत्र बुझाउनका लागि उनलाई समय दिइए पनि उनले मंगलबारसम्म प्रमाणपत्र बुझाउन सकेनन्। बरू उनले आफ्नो फिर्ता लिन निवेदन दिएका छन्। राजदूत बन्नका लागि कम्तीमा स्नातक तह उर्त्तीण हुनुपर्ने भए पनि उनले स्नातक उर्त्तीण गरेको प्रमाण पाइएन।

भट्टराईले प्रमाणपत्र बुझाउनका लागि यही ११ असोजसम्मको समय मागेका थिए। तर, मंगलबारसम्म उनीबारे निर्णय गर्नैपर्ने बाध्यतामा समिति थियो। किनकी मन्त्रिपरिषद्ले उनको नाम सिफारिस गरेको मंगलबार ४५ दिन पुग्दै थियो।

४५ दिनसम्म संसदीय समितिले कुनै निर्णय नगरे त्यसलाई अनुमोदन मानिने कानुनी व्यवस्था छ। तर उनले आफैँ नाम फिर्ता लिएकोले अब उनको ठाउँमा सरकारले अर्को व्यक्तिलाई राजदूतका लागि सिफारिस गर्नेछ।

प्रकाशित: ८ असोज २०८१ १५:१७ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast