रवि लामिछानेले झुट बोले : शंकर पोखरेल

हिमाल प्रेस २ असोज २०८१ १२:३५ | Wednesday, September 18, 2024
रवि लामिछानेले झुट बोले : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताएका छन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर्‍याई कारबाहीको लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उनको पार्टीका नेताहरूले संसदीय समितिले उनलाई क्लिनचिट दिएको भनि दिइरहेको अभिव्यक्ति प्रति पोखरेलले खरो टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले लामिछाने र उनको पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गरेका हुन्। लामिछानेको नाम नलिई पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँ छ र दायित्व के हो भन्ने कुरा थाह थिएन भन्नु सफेद झुट भएको उल्लेख गरेका छन्।

‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, होइन र?’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।

प्रकाशित: २ असोज २०८१ १२:३५ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast