यी स्थानमा जानेछ आज बिजुली

हिमाल प्रेस ५ असोज २०८१ १०:०६ | Saturday, September 21, 2024
यी स्थानमा जानेछ आज बिजुली प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँका केही मुख्य सहरी क्षेत्रमा आज दिनभरी विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौँको तीनकुनेदेखि विमानस्थलसम्म शनिबार दिनभर विद्युत् सेव अवरुद्ध हुने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विजुली काटिने छ।

केमसी फिडरअन्तर्गत तीनकुने गैरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा र केएमसी हस्पिटल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यसैगरी न्यू एअरपोर्ट फिडर अन्तर्गत विमानस्थल तथा आसपास क्षेत्रमा पनि विद्युत् अवरुद्ध हुनेछ। त्यसैगरी एअरपोर्ट डेडिकेटेड फिडरअन्तर्गत भन्सार कार्यालय क्षेत्रमासमेत विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअगावै काम सकिए तोकिएभन्दा अगाडि नै विजुली छाडिने छ। यसबाट नागरिकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित: ५ असोज २०८१ १०:०६ | Saturday, September 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast