यी नदीमा अझै पनि खतरामाथि नै छ जल तह

हिमाल प्रेस १४ असोज २०८१ ७:५२ | Monday, September 30, 2024
यी नदीमा अझै पनि खतरामाथि नै छ जल तह

काठमाडौँ- काठमाडौँलगायत विभिन्न ६ जिल्ला भएर बहने नदीहरूमा जलसतह अझै खतराको तहमाथि छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौंको बालकुमारीमा मनोहरा खोला, ललितपुरको खोकनामा बागमती नदी, धनकुटाको सिम्लेमा अरूण नदीको जलसतह अझै खतराको तहमाथि छ।

त्यस्तै सिन्धुलीको खुर्कोटमा सुनकोशी नदी, सुनकोशी नदी नै भोजपुरको हम्पाचौरमा र धनकुटाको त्रिवेणीमा तमोरर नदीले खतराको तह पार गरेको महाशाखाले जनाएको छ।

तीमध्ये केही नदीको जलसतह अझै बढ्दो क्रममा छ भने केहीमा घटिरहेको छ। मकवनापुरको भोर्लेनीमा बागमती नदी र सिन्धुपाल्चोकको दोलालघाटमा सुनकोशी नदीको जलसतह सतर्कता तह माथि छ।

जल तथा मौसम पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: १४ असोज २०८१ ७:५२ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast