यस्तो छ ११२४ पृष्ठको सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्ण पाठसहित)

हिमाल प्रेस ४ असोज २०८१ १४:४७ | Friday, September 20, 2024
8
SHARES
यस्तो छ ११२४ पृष्ठको सहकारी छानबिन समितिको प्रतिवेदन (पूर्ण पाठसहित) छानबिन समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ-  सकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सांसद सूर्य थापा नेतृत्वमा रहेको समितिले प्रतिवेदनको पूर्णपाठ आज सार्वजनिक गरेको हो। प्रतिवेदन ११ सय २४ पृष्ठको छ।

समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेको थियो। सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए।

असोज २ गतेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यो प्रतिवेदनले सहकारी बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि गत जेठ १५ गते उक्त समिति बनेको थियो।

समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेको हो।

यस्तो छ पूर्णपाठ

प्रकाशित: ४ असोज २०८१ १४:४७ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast