यस्तो छ तपाईँको राशिफल

हिमाल प्रेस २८ भदौ २०८१ ५:३८ | Friday, September 13, 2024
यस्तो छ तपाईँको राशिफल

आज मिति २०८१, भदौ २८ गते शुक्रबार। भदौ शुक्ल दशमी तिथि। पञ्चाङ्ग: सौभाग्य तैतल पूर्वाषाढा।  तदनुसार २०२४ सेप्टेम्बर १३। आज यस्तो छ तपाईँको राशिफल।

मेष

सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ। परिवारको सहयोग मिल्नेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापारबाट लाभ मिल्नेछ।

वृष

नयाँ काम गर्ने अवसर मिल्नेछ। सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति हुनेछ। राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ।

मिथुन

परोपकारी काममा रुचि बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

कर्कट

सहयोगीहरूले काममा साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ।

सिंह

साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ। व्यापार प्रशस्त लाभ मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कन्या

टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।

तुला

व्यापारमा प्रशस्त फाइदा हुने योग रहेकोछ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि प्रगति हुने समय छ।

वृश्चिक

व्यापारबाट प्रसस्त लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा प्रगति हुनेछ।

धनु

रोकिएका अधुरा कामहरू सुचारु हुनेछन्। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रशन्न रहनेछ।

मकर

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। रमाइलोमा समय बित्नेछ।

कुम्भ

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

मीन

सोचेको आटेको कामहरू बन्नेछन्। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा बदलिने छ।

प्रकाशित: २८ भदौ २०८१ ५:३८ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast