यस्तो छ ‘खुस्मा’ को ट्रेलर

हिमाल प्रेस २६ भदौ २०८१ १३:१० | Wednesday, September 11, 2024
यस्तो छ ‘खुस्मा’ को ट्रेलर

काठमाडौँ- आगामी असोज ३ देखि प्रदर्शन हुने फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएकाे छ। चार मिनेटको ट्रेलरमा जनयुद्धको समयमा पति बेपत्ता भएपछि उनको पर्खाइमा बसिरहेकी पत्निको अवस्था देखाइएको छ।

अशोक थापा मगरको फिल्मका लेखन तथा निर्देशनमा बनेको फिल्ममा धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। सहायक भूमिकामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्म मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ।

एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्।

 

प्रकाशित: २६ भदौ २०८१ १३:१० | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast