निर्वाचन आयोग
काठमाडौँ- स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ता गरिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै असोज ९ गते दल दर्ताको सूचना जारी गरिने जनाएका छन्।
आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार कार्तिक २७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। कार्तिक ३० गते निर्वाचन कार्यालय स्थापना हुनेछ। मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ।

प्रकाशित: २ असोज २०८१ १८:०८ | Wednesday, September 18, 2024
प्रतिक्रिया





