काठमाडौँ- फिल्म ‘आँखा’ को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ३५ सेकेन्डको ट्रेलरमा सुकुम्बासी बस्तीको जीवनशैली, संघर्षलाई कथावस्तु बनाएको छ।
असोज ११ देखि प्रदर्शन हुनेछ। फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको समेतको अभिनय छ।
फिल्मका निर्देशक जोन योञ्जन हुन्। फिल्ममा निर्देशक जोनकै कथा, पटकथा लेखन तथा सम्पादन छ। आलोक शुक्लाले छायांकन गरेका फिल्ममा दीपक आरजे र जयन जे वाइबाको संगीत छ।
फिल्म ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो। लामा सिनेमाजको ब्यानरमा बनेको छ।
प्रकाशित: ७ असोज २०८१ ११:२५ | Monday, September 23, 2024
प्रतिक्रिया





