यसै वर्ष नेपाललाई सडक बालबालिकामुक्त बनाउने प्रधानमन्त्रीको घोषणा

हिमाल प्रेस २९ भदौ २०८१ १८:०५ | Saturday, September 14, 2024
यसै वर्ष नेपाललाई सडक बालबालिकामुक्त बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने घोषणा गरेकमा छन्।

नेपाल बाल संगठनद्वारा ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठूलो संख्यामा बालबालिका बेसहारा र अभिभावकविहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिए ।

उनले संयुक्त राष्ट्रसंघले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताए।

प्रकाशित: २९ भदौ २०८१ १८:०५ | Saturday, September 14, 2024

प्रतिक्रिया

One thought on “यसै वर्ष नेपाललाई सडक बालबालिकामुक्त बनाउने प्रधानमन्त्रीको घोषणा

  1. काम गरेर देखाउनु नी गफ हाकेको छ, झुट बोलेको छ जनता लाइ भ़म पारेको छ। देखी सकीयो पानी जहाज़, रेल पयाट्ट ग्यास अन। नेताले चुसेको देश।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast