यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

हिमाल प्रेस १ असोज २०८१ ८:१५ | Tuesday, September 17, 2024
यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै फाइल तस्बिर।

चितवन- चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन्।

यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छवटा जन्मिने क्रममाछन्। तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन्।

यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए। उनका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन्। प्रमुख चौधरीले भने, ‘एक-दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदैछन्।’ यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए।

गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन्। विसं २०७९ मा ६ छावा जन्माएका थिए। बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने जनाइएको छ। उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ।

अधिकांश छावा जंगली हात्ती रोनाल्डो, गोविन्दे, धु्रवे र मकुनाका हुन्। खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उनले जानकारी दिए। जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ। चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल ११ माउ र १० छावा छन् । विसं २०४४ देखि सुरु भएको हो। विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए।

हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ। रासस

प्रकाशित: १ असोज २०८१ ८:१५ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast