मौसम विभाग भन्छ : कोशी, बागमती र लुम्बिनीमा भारी वर्षा हुन्छ

हिमाल प्रेस ३१ भदौ २०८१ ६:२० | Monday, September 16, 2024
मौसम विभाग भन्छ : कोशी, बागमती र लुम्बिनीमा भारी वर्षा हुन्छ फाइल तस्बिर।

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अत्याधिक वर्षाको पनि सम्भावना रहेको छ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मंगलबार पनि देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा साधारणतया मौसम सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराईका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

प्रकाशित: ३१ भदौ २०८१ ६:२० | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast