मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

हिमाल प्रेस ३ असोज २०८१ १२:१७ | Thursday, September 19, 2024
मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो
तुलसीपुर (दाङ)- दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ।
लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।
उनका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रकाशित: ३ असोज २०८१ १२:१७ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast