 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले कालापानी तथा लिपुलेकका विषयमा दिएको अभिव्यक्तिले नेतृत्व तहमा विवाद बढाएको छ।एउटा टेलिभिजनमा दिएको अभिव्यक्तिका आधारमा पार्टीले स्पष्टीकरण सोधेपछि पार्टीमा विवाद बढेको छ।
यो अभिव्यक्तिमा महासचिव घनश्याम भुसालले उपमहासचिव चौधरीलाई स्पष्टीकरण सोधेका थिए। चौधरीले त्यसको जबाफ पनि दिइसकेका छन्। यता माधवकुमार नेपाल पक्षले चौधरीलाई ‘क्लीन चिट’ दिने तयारी गरेको थियो। मेटमणिले स्पष्टीकरणमा बोल्दा जिब्रो चिप्लिएको भन्दै क्षमा चाहन्छु भनेका थिए।
तर, यो विषयले एकीकृत समाजवादीका सँगै राष्ट्रिय राजनीति पनि तातेको छ। यो विषय सोमबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ। उता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चौधरीको अभिव्यक्ति घोर राष्ट्रियताविरोधी रहेको टिप्पणी गरेका छन्।
उनले चौधरीमाथि कारबाहीको माग गरेका छन्। आफूले चौधरीले टेलिभिजनमा दिएको अन्तरवार्ता सुनेको उल्लेख गर्दै खनालले भारतीय नागरिक बोलिरहेको कि नेपाली? भन्दै प्रश्न गरेका छन्। खनालले चौधरीलाई लक्षित गर्दै दूषित तत्त्व भएको टिप्पणी गरेका छन्। यस्ता तत्त्वबाट पार्टीलाई मुक्त बनाउनुपर्ने खनालको भनाइ छ।
मेटमणि समाजवादीमा नेपाल निकटस्थ मानिन्छन्। उनी गएको महाधिवेशनमा पनि नेपाललाई अध्यक्ष बनाउन लागेका थिए। यसअघि नेपाल पक्षबाटै मेटमणि उपमहासचिव जितेका हुन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 