मेक्सिकोमा गोली चल्यो, ११ को मृत्यु

हिमाल प्रेस १० असोज २०८१ १३:३४ | Thursday, September 26, 2024
मेक्सिकोमा गोली चल्यो, ११ को मृत्यु

मेक्सिको सिटी- मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ।

नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि भएको झडपमा ११ जना बन्दूकधारीको गोली लागेर मृत्यु भएको र एक जनालाई सुरक्षा नियन्त्रणमा लिएको जनाएकाे छ।

सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारीसाधन नियन्त्रणमा लिएको छ। कमाण्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी सुरु गरिएको र सुरक्षा फौजतर्फ कुनै हताहती नभएको  सरकारले जनाएको छ।

सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो। हिरासतमा लिइएका संदिग्ध व्यक्ति राजमार्गमा छद्म भेषमा हतियार र सामरिक उपकरण बोकेर हिँडेका थिए।

प्रकाशित: १० असोज २०८१ १३:३४ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast