‘माओवादी हिंसा’ भन्ने शब्द रेकर्डबाट नहटाएसम्म सदन अवरुद्ध गर्ने माओवादीको निर्णय

हिमाल प्रेस ३० भदौ २०८१ १४:४२ | Sunday, September 15, 2024
‘माओवादी हिंसा’ भन्ने शब्द रेकर्डबाट नहटाएसम्म सदन अवरुद्ध गर्ने माओवादीको निर्णय माओवादी प्रमुख सचेतक हितराज पाण्डे

काठमाडौँ- प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले आज पनि संसद् बैठक अवरुद्ध गर्ने भएको छ। सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतक र सचेतकसहितको छलफलपछि आन्तरिक छलफलमा जुटेका माओवादी सांसदले संसद् अवरोध कायमै राख्ने निर्णय गरेका हुन्।

भदौ १२ गतेको संसद् बैठकमा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले १० बर्से सशस्त्र युद्धलाई माओवादी हिंसा भन्ने अभिव्यक्ति दिएका थिए।

माओवादीले उक्त शब्द संसद्‌को रेकर्डबाटै नहटाउँदासम्म संसद् चल्न नदिने बताएको छ। सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदले संसद्‌मा अवरोध गर्दै आइरहेका छन्।

‘सभामुखले उक्त शब्द हटाउन रुलिङ नगर्दासम्म अवरोध कायमै गर्ने निर्णय भएको छ’ छलफलपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने।

 

प्रकाशित: ३० भदौ २०८१ १४:४२ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast