मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौं पक्राउ

हिमाल प्रेस ६ असोज २०८१ १३:३६ | Sunday, September 22, 2024
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौं पक्राउ

क्वालालम्पुर-  मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको छ।

प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताए।

प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको थियो। पक्राउ परेका मध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३० जना सदस्य रहेका थिए।

प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताए। साथै उनले १८६ पीडितको उद्धार गरिएको पनि बताए।

प्रकाशित: ६ असोज २०८१ १३:३६ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast