मन्त्रीहरूको टुंगो लाग्यो, अब सरकारमा जान्छौँ : कोशी कांग्रेस

हिमाल प्रेस २६ भदौ २०८१ १८:३८ | Wednesday, September 11, 2024
मन्त्रीहरूको टुंगो लाग्यो, अब सरकारमा जान्छौँ : कोशी कांग्रेस

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेश सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका छन्।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले बुधवार बसेको कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको बताए। केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने उनले बताए।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका सभापति थापाले कोशी प्रदेशमा मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच सहमति भएको जानकारी दिँदै दुवै पार्टीबाट दुई–दुई जना राज्यमन्त्री राखिने सहमति भएको जानकारी दिए।

तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागी भएको केही समय पछि मन्त्रालयको संख्या समेत बढाउन सकिने उनले बताए।

थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीसँग समन्वय नगरी आन्दोलन सुरु गरेका भए पनि यसलाई राजनीतिक रंग दिने भन्दा सहमतिमा टुंग्याउने प्रयास भइरहेको धारणा राखे।

प्रकाशित: २६ भदौ २०८१ १८:३८ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast