मन्त्रिपरिषद्को बैठक बस्दै

हिमाल प्रेस २७ भदौ २०८१ ७:४० | Thursday, September 12, 2024
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ १८ः३० बजे बैठक बस्ने तय भएको छ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ। प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो।

प्रकाशित: २७ भदौ २०८१ ७:४० | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast