काठमाडौँ- मकवानपुरमा पहिरोमा पुरिएर ६ जना विद्यार्थीको मृत्यु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको वात्सल्यदेवी माध्यमिक विद्यालयका कक्षा ८–१० का ६ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको जानकारी दिएको हो।
बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण विद्यालय, शिक्षक र विद्यार्थीमा पुगेको असर संकलन गर्दै मन्त्रालयले सिन्धुलीको सुनकोशी गाउँपालिकाअन्तर्गतको पशुपति आधारभूत विद्यालयको भवन पहिरोले पुरिएपछि १७ जना फरक क्षमता विद्यार्थीलाई गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सिन्धुलीकै कुशेश्वर दुम्जा गाउँपालिकाअन्तर्गतको महादेव गुरुकुल विद्यालयका ३३ जना शिक्षक तथा विद्यार्थीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनाएको छ।
बाढीपहिरो र डुबानबाट शिक्षा क्षेत्रमा परेको असरको विवरण


                                             
                                             
                                             
                                             
                                             
                                             

