मंसिर ७ मा यी चार फिल्म भिड्दै

हिमाल प्रेस ११ असोज २०८१ १४:०८ | Friday, September 27, 2024
मंसिर ७ मा यी चार फिल्म भिड्दै

काठमाडौँ-  फिल्म ‘सारंग’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरसहित निर्माण टिमले मंसिर ७ गतेलाई प्रदर्शन मिति तोकेका छन्।

मंसिर ७ गते घनश्याम लामिछानेको निर्देशन रहेको ‘अग्निदहन’, बाबुसाहेब बलामी निर्देशित ‘देववाणी’ र विपिन कार्की मुख्य भूमिका रहेको ‘तेल भिसा’ भिड्ने छन्। यी फिल्मको केही समयअघि नै प्रदर्शन मिति तोकिएको थियो।

‘सारंग’ पोस्टरमा अभिनेत्री ऋचा शर्मा, अभिनेता उत्पल झा, बाल कलाकार सम्राट थापा र आदित्य कार्की छन्। फिल्म बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको कथामा आधारित छ।

प्रशान्त तामाङले लेखन र निर्देशन गरेको फिल्ममा समीरमणि दीक्षित, सुरज तमु, मणि के.राई, अनीषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी, विश्व स्याङ्वो, र प्रभातजंगको अभिनय छ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्मका छायाँकार गोपाल राय हुन्। मित्र ध्वज गुरुङले फिल्मको सम्पादन गरेका फिल्ममा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’ को संगीत छ।

प्रकाशित: ११ असोज २०८१ १४:०८ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast