भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला

हिमाल प्रेस २५ भदौ २०८१ २०:१३ | Tuesday, September 10, 2024
भोटेबहालस्थित एक गेष्ट हाउसमा एक जनाको शव फेला प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिका-११, भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा आज (मंगलबार) दिउँसो एक जनाको शव भेटिएको छ।

सो गेष्ट हाउसको तीनतलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शव पोष्टमार्टमका लागि पठाइएको सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भदौ २०८१ २०:१३ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast