भारत–बंगलादेश टेस्ट : बंगलादेशको खराब प्रदर्शन

हिमाल प्रेस ५ असोज २०८१ १८:०२ | Saturday, September 21, 2024
भारत–बंगलादेश टेस्ट : बंगलादेशको खराब प्रदर्शन

काठमाडौँ- भारत र बंगलादेशबीच जारी पहिलो टेस्ट म्याचको तेस्रो दिनको खेल निर्धारित समयअघि सकिएको छ। खराब प्रकाशका कारण निर्धातिर समयअघि तेस्रो दिनको खेल सकिएको हो।

तेस्रो दिनको खेल अन्त्य हुँदासम्म बंगलादेशले चार विकेटको क्षतिमा १५८ रन जोडेको छ। बंगलादेशले जितका लागि अझै ३५७ रन बनाउनुपर्ने छ।

शाकिब अल हसन ५ र कप्तान नजमुल हुसैन शान्तो ५१ रन बनाएर नटआउट छन्।

यसअघि भारतले दोस्रो इनिङमा २८७ रन बनाएर ‘डिक्लियर’ घोषणा गरेको थियो। उसले पहिलो इनिङमा ३७६ रन बनाउँदा बंगलादेश १४९ रनमा अलआउट भएको थियो।

भारतका लागि पहिलो इनिङमा रवीचन्द्र अश्विन तथा दोस्रो इनिङमा ऋषभ पन्त र सुभमन गिलले शतक बनाए।

प्रकाशित: ५ असोज २०८१ १८:०२ | Saturday, September 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast