भारतविरूद्धको टेस्टमा पहिलो इनिङमा बंगलादेश १४९ रनमै सीमित

हिमाल प्रेस ४ असोज २०८१ १६:२१ | Friday, September 20, 2024
भारतविरूद्धको टेस्टमा पहिलो इनिङमा बंगलादेश १४९ रनमै सीमित

काठमाडौँ- भारतसँग चेन्नईमा जारी पहिलो टेस्टको पहिलो इनिङमा बंगलादेश १४९ रनमा अलआउट भएको छ। पहिलो इनिङमा भारतलाई ३७६ रनमा सीमित गरेर ब्याटिङमा उत्रिएको बंगलादेश यो स्कोरमा आलआउट भएको हो।

भारतको आक्रमक बलिङसामु धारासायी बनेका बंगलादेशका ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक ३२ रन बनाए।

भारतको तर्फबाट बलिङ गर्दै जसप्रीत बुमराहले शानदार बलिङ गर्दै चार विकेट लिए। त्यस्तै मोहम्मद सिराज, आकाश दीप र रवीन्द्र जडेजाले २–२ विकेट लिए।

टस जितेर बंगलादेशले भारतीय टिमलाई ब्याटिङका लागि निम्तो दिएको थियो। प्रारम्भीक ब्याटरहरूले खराब सुरूवात गरे पनि रविचन्द्रन अश्विन र रवीन्द्र जडेजालाई इनिङ सम्हाल्दै टिमलाई मजबुत स्थितिमा पु¥याएका थिए। अश्विनले शानदार ब्याटिङ गर्दै टेस्ट क्रिकेटमा छैठौँ शतक लगाए।

प्रकाशित: ४ असोज २०८१ १६:२१ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast