भानुका ईसीडी शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम

हिमाल प्रेस ११ असोज २०८१ १२:२१ | Friday, September 27, 2024
भानुका ईसीडी शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम

काठमाडौँ– तनहुँको भानु नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का लागि तालिम सुरु भएको छ।

ईसीडी शिक्षकलाई भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबार (असोज १० गते) देखि दोस्रो चरणको तालिम दिइएको हो।

ईसीडी शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम दिइएको शाखाले जनाएको छ। यो तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ। तालिम श्री होरालो शाशिस मावि भानु–२ नारेश्वरमा सञ्चालन भइरहेको छ।

महालक्ष्मी सुनच्युरीले तालिमको सहजीकरण गरिरेको शिक्षा शाखाले जानकारी दिएको छ। शैक्षिक सामग्री निर्माण तालिमबाट शिक्षण सिकाइमा टेवा पुग्ने ईसीडी शिक्षकहरूको भनाइ छ।

प्रकाशित: ११ असोज २०८१ १२:२१ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast