भाग्ने तयारीमा थिए छविलाल जोशी, प्रहरीले सूचना भएपछि पक्राउ परे

हिमाल प्रेस ७ असोज २०८१ ८:१९ | Monday, September 23, 2024
भाग्ने तयारीमा थिए छविलाल जोशी, प्रहरीले सूचना भएपछि पक्राउ परे छविलाल जोशी

पोखरा- सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन कसूरमा आइतबार काठमाडौंबाट पक्राउ परेका छविलाल जोशी विदेश भाग्न लागेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनलाई काठमाडौँको शंखमूलबाट पक्राउ गरेर बुद्ध एयरको जहाजबाट राति साढे ९ बजे पोखरा ल्याइएको छ। प्रहरीले जोशी कुन देश जान लागेका हुन् भन्ने नखुलाए पनि उनी विदेश जान लागेको जनाएको छ।
प्रहरीले भनेको छ, ‘जोशी भागी विदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खएिको प्रहरीले पक्राउ गरिएको हो।’

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको संस्थापक सदस्य जोशी गोर्खा मिडियाको पनि सञ्चालक थिए। उनलाई कास्की प्रहरीले सोमबार जिल्ला अदालत हाजिर गराउने तयारी गरेको छ।

प्रकाशित: ७ असोज २०८१ ८:१९ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast