 
                             
                                            काठमाडौँ- नइ प्रकाशनले २०८० सालको १२ कक्षाको परीक्षामा बाजुराकी सर्वोत्कृष्ट छात्रा विपनाकुमारी बूढालाई ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ। मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जीपीए प्राप्त भएको थियो।
यसैगरी सोही परीक्षामा हुम्लाकी सर्वोत्कृष्ट छात्रा नन्दादेवी रोकायलाई ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ। सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जीपीए प्राप्त भएको थियो।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। ‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो।
नइ प्रकाशनले नेपालका विभन्न दुर्गम भू-भागका सरकारी विद्यालयबाट १२ कक्षामा सर्वोत्कृष्ट हुने एक-एक जना छात्रालाई हरेक वर्ष जनही ३० हजार रुपैयाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 