बिमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ : सांसद पोखरेल

हिमाल प्रेस २६ भदौ २०८१ १४:४० | Wednesday, September 11, 2024
बिमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ : सांसद पोखरेल ऋषिकेश पोखरेल

काठमाडौँ- सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमा भएका व्यक्तिले जुनसुकनै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बिमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘हरेक पालिकाको स्थास्थ्य केन्द्रमा गएका बिरामीले त्यहाँबाट अन्यत्र पठाइदिनुपर्‍यो भन्दै आएका छन्। स्वास्थ्य बिमाका कारण अहिले हजारौँ जनताले दुःख पाइरहेका छन्।यसतर्फ सरकारको ध्यान जान जरुरी छ’,सांसद पोखरेल भने।

प्रकाशित: २६ भदौ २०८१ १४:४० | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast