बिहीबारदेखि धरहरा सञ्चालनमा आउँदै, निःशुल्क चढ्न पाइने

हिमाल प्रेस २ असोज २०८१ १८:५७ | Wednesday, September 18, 2024
बिहीबारदेखि धरहरा सञ्चालनमा आउँदै, निःशुल्क चढ्न पाइने

काठमाडौँ- संविधान दिवसका अवसरमा बिहीबारबाट धरहरा सञ्चालनमा आउने भएको छ। मन्त्रिपरिषद्को यसअघिको निर्णय अनुसार बिहीबारबाट अस्थायी रूपमा धरहरालाई सञ्चालनमा ल्याउन लागिएको हो।

अहिलेका लागि धरहरा चढ्नका लागि कुनै शुल्न नलाग्ने शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

यसैबीच उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहराको अवलोकन गरे। सो क्रममा उनले मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम समयमा लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको बताए। उनले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्ण रूपमा सञ्चालनको तयारी भएको बताए।

एक दिनमा अधिकतम पाँच सय सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने गरी व्यवस्था गरिएको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको दिनदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २ असोज २०८१ १८:५७ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast