बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

हिमाल प्रेस १३ असोज २०८१ ६:२३ | Sunday, September 29, 2024
बाढीपहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता फाइल तस्बिर

काठमाडौँ- बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए।

उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।

प्रकाशित: १३ असोज २०८१ ६:२३ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast