बाढीपहिरो : उद्धारमा देशभर २० हजार सुरक्षाकर्मी परिचालन

हिमाल प्रेस १२ असोज २०८१ १५:५४ | Saturday, September 28, 2024
बाढीपहिरो : उद्धारमा देशभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाण्डौं – अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको गृह मन्त्रालयले जनाएको छ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्दार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएको गृहले जनाएको हो।

गृहले जनाएअनुसार काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन्।

त्यसैगरी नेपाली सेनाले काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्दार गरेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय रहेको गृहको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्दार गरिएको जानकारी दिए।

यसअघि गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि परेको गरेको जानकारी दिएका थिए। उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए।

प्रकाशित: १२ असोज २०८१ १५:५४ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast