बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या २०४ पुग्यो

हिमाल प्रेस १४ असोज २०८१ १६:४७ | Monday, September 30, 2024
बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या २०४ पुग्यो शव निकाल्दै सुरक्षाकर्मीहरू

काठमाडौँ- गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ।

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा ८२, बागमती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ। अझै ३३ जना बेपत्ता छन्।

देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विवरणमा उल्लेख छ।

बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७८३ घरमा क्षति गरेको छ। बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्‍याएको हो

प्रकाशित: १४ असोज २०८१ १६:४७ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast