बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

हिमाल प्रेस ४ असोज २०८१ ७:४९ | Friday, September 20, 2024
बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

बागलुङ- धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु परीक्षण गर्ने किट अभाव भएको छ।

धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ। केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ।

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ। स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताए।

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेंगुको बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ।

प्रकाशित: ४ असोज २०८१ ७:४९ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast